logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेशियामा यात्रु बस खोलामा खस्यो, कम्तिमा २५ जनाको मृत्यु


अंकुरण खबर
676
Shares

यात्रु बस खोलामा खस्दा इन्डोनेशियामा कम्तिमा २५ जनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् । ड्राइभरसहित ३८ जना रहेको बस खोलामा सकेको छ ।

दक्षिण सुमात्रा प्रान्तमा सोमबार राति दुर्घटना भएको हो । बस झण्डै १०० मिटर तल खसेको छ । घाइतेहरुको उद्धार तथा मृतकको शव निकाल्नका लागि १२० जना उद्धारकर्मी खटिएको सरकारी अधिकारीले बताएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिए । सुमात्रा आइल्याण्डको बेङ्गकुलु शहरबाट बस सोमबार बिहान छुटेको थियो । बस पालेम्बाङ्ग शहर जाँदै थियो ।