logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – आज पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।