logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा समस्याबारे भारतले पठायो नेपाललाई यस्तो पत्र


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – पछिल्लो समय विवादित नेपाल-भारत सीमा समस्यासम्बन्धी नेपालले पठाएको पत्रको भारतले प्रतिक्रिया दिएको छ ।

कालापानी–लिपुलेक–लिम्पियाधुरा सीमा समस्या समाधानबारे नेपालले पठाएको पत्रको जवाफमा भारतले सीमा समस्या रहेको स्वीकार गर्दै आफु वार्ता गर्न तयार रहेको पत्र पठाएको हो ।

अघिल्लो महिना नेपालले सो विषयमा पत्र पठाएकोमा अहिले भारतले आफु वार्ताका लागि तयार रहेको बताएको छ । पत्रमा वार्ताको तिथि भने उल्लेख नगरिएको परराष्ट्र सचिव शंकर बैरागीले जानकारी दिए ।

नेपाल भारत दुवैलाई सहज हुने मितिमा नयाँ दिल्लीमा वार्ताका लागि समय तय गरिने पत्रमा उल्लेख गरिएको जनाइएको छ।