पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी हुँदा लाखौैंको क्षति भएको छ।
छिपहरमाई-१ भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई-३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको हो । कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल, मोटरसाइकल लगायतका सामान जलेर झण्डै दश लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालयको छ ।
हरिहरपुर बिर्ताका गोढको घरमा खाना पकाउने चुलोबाट बिहान आगलागी भई कोइरीको घरमा आगलागी भएको हो। आगोलागी हुनुको कारण खुल्न सकेको छैन।
आगोलाई पोखरिया नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।