logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय


अंकुरण खबर
754
Shares

काठमाडौं – समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादीले सरकार छाड्न लागेको समाजवादी स्रोतले जनाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । अध्यक्ष यादव उपप्रधानसहित कानुन न्याय तथा संसदीय मामिलामा छन् । त्यस्तै मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री छन् ।

दुवै जनाले आजै पदबाट राजीनामा दिन लागेका छन् ।