काठमाडौं – न्यायपरिषद सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई सिफारिस गरिएको छ ।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिले तत्कालीन सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यायपरिषदबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको ठाउँमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता खड्कालाई सिफारिस गरेको हो ।
संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर खड्काविरुद्ध उजुरी आह्वान गरेको छ । वैदिकले कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएका थिए । उनले राजीनामा दिएको ठाउँमा खड्काको सिफारिस भएका हुन् ।
खड्का ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । त्यसबेला मन्त्रिपरिषदको अध्यक्ष ज्ञानेन्द्र शाह आफैं थिए ।