झापा, दमक नगरपालिका-५ मा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज बिहान पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको बसले बाटो पार गर्दै गरेकी अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।