logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली सरकारबाट बाहिरियो समाजवादी पार्टी, यादवले दिए पदबाट राजीनामा


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।

यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ राजीनामा पत्र बुझाएको समाजवादी पार्टीले जनाएको छ । समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान स‌ंसोधन सहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन्।

सोमबार मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन्। संसोधन प्रस्ताव पेस हुन नपाएपछि यादवले राजीनामा बुझाएका हुन्।