logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएल क्रिकेट : काठमाडौंलाई हराउँदै चितवन फाइनलमा


अंकुरण खबर
832
Shares

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज चितवन फाइनलमा प्रवेश गरेको हो । चितवनले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले ४०, पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए । सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए ।

त्यस्तै चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/२ विकेट लिए । चितवनका लागि बाबर हायतले ७० र रोहन मुस्तफाले अविजित ५९ रन बनाए । यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए ।

जितसँगै चितवन पाँच खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्न सफल भयो ।