काठमाडौं – बिकट ठाँउका स्वास्थ्य सेवाबाट बञ्चित बिरामीलाई विभिन्न समयमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मनोर दिन सैयदले बार्षिक करिब १०० जना पाठेघर खस्ने महिलाको नि.शुल्क सल्यक्रिया गर्दै आएका छन् ।
संखुवासभा, सिन्धुपाल्चोक, दोलखा लगाएत अन्य जिल्लाका विकट स्थानमा पुगी डा.सैयदको टिमले यस्तो शिविर सञ्चालन गरि पाठेघरको समस्या तथा अन्य कारणले मृत्युको मुखमा पुगेका धेरै महिलालाई पुर्नजीवन दिएको छ ।
डा.सैयदले शिविरमा स्वास्थ परीक्षण गरेका ४० जना महिलाको गत महिना मात्रै मनमोहन अस्पताल स्वयम्भुमा सल्यक्रिया गरेको बताएका छन् । सेवा नै धर्म हो भन्ने आशयका साथ चिकित्सा पेसा रोजेका डा.सैयदले उपचारको अभावमा छटपटाई रहेका महिलाको उपचार गर्दा खुसीको सीमानै नरहने बताए ।