logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुन क्षेत्रको मौसम आज कस्तो रहला ?


अंकुरण खबर
741
Shares

काठमाडौं – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।  यस्तै तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पश्चिम र मध्य तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको छ ।

बुधबार दिनभर देशको मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । यस्तै अरु क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने छ । राति देशभरको मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।