logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा बढ्यो चिसो : आज न्यूनतम तापक्रम कति ?


अंकुरण खबर
1.612K
Shares

काठमाडौं – काठमाडौं उपत्यका यस वर्षकै चिसो महशुस गरिएको छ । मौसम विज्ञान विभागका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा मापन गरिएको हो ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

बुधबार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन गरिएको थियो सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ मापन गरिएको थियो ।

मौसम विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम अझै घट्ने छ ।