काठमाडौं – नेपाली सेनाका भगौडा सिपाहीँ कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१३ का रोशन बर्देवा रहेका छन् । उनलाई मंलबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
बर्देवामाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।