काठमाडौं – दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बुधबार रा.१ख १४८९ नम्बरको यात्रुबाहक बस तुल्सीपुरबाट भालुबाङतर्फ आउँदै गर्दा घोराही उपमहानगरपालिका-३ स्थित मुसोटखोलामा दुर्घटना भएको हो ।
घाइते भएकामध्ये दुईजनालाई गम्भीर चोट लागेको र बाँकी १९ सामान्य घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बस ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको जनाइएको छ ।