logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा हवाई दुर्घटना भएको छैन : विमानस्थल कार्यालय


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

हेटौँडामा कुनै पनि दुर्घटना नभएको त्रिभुवन विमानस्थलका प्रवक्ता एवं विमानस्थल सञ्चालन विभागका निर्देशक चन्द्रलाल कर्णले जानकारी दिएका छन् ।

यसैबीच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको जानकारी दिए।

मकवानपुरको गढी गाउँपालिका-७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको आशंका गरिएको थियो ।