logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिद्युत प्राधिकरणको गाडीको ठक्करबाट बल्खुचोकमा एक युवक घाइते


अंकुरण खबर
3.536K
Shares

काठमाडौं – बल्खुचोकमा आज बिद्युत प्राधिकरणको गाडीको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा दैलेखको भैरबी गाउँपालिका-५ स्थायी ठेगाना भएका १७ वर्षीय तुफान थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज मध्यान्ह १२ बजे बिद्युत प्राधिकरणको बा १ ञ २३९१ नम्बरको गाडीले उनलाई ठक्कर दिएको हो । घाइते थापालाई उपचारका लागि बयोधा अस्पताल लगिएको छ ।

ठक्कर दिने गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुले नियन्त्रणमा लिएको छ ।