धनुषाको मिथिला नगरपालिका९ बडहडीमा जेठाजुले आफ्नी बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका -२१ घर भएकी अन्दाजी ३८ वर्षीय रानी देवी पजियारलाई जेठाजु श्रीप्रसाद पजियारले बुधवार दिउँसो शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएकी रानीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।
रानीले घाइते भएको अवस्थामा नै जेठाजु श्रीप्रसादले आफूमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीलाई दिएकी थिइन्। सोही आधारमा जेठाजुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
मृत्यु हुने रानीका श्रीमान मिश्री पजियार बैदेशिक रोजगारमा छन्।