logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७० हजार घुससहित एक जना कम्प्युटर अपरेटर पक्राउ


अंकुरण खबर
1.3K
Shares

घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा करारमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई ७० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ।

सिंहले उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।

पक्राउ परेका सिंहलाई बर्दिबासमा ल्याई थप अनुसन्धान थालेको अख्तियारले जनाएको छ।