logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सावधान ! भुलेर पनि नहेरौं नाङ्गो आँखाले सूर्य ग्रहण


अंकुरण खबर
1.651K
Shares

काठमाडौं – आज नेपाल लगायतका विभिन्न मुलुकबाट सूर्य ग्रहणको अवलोकन गर्न सकिनेछ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्दछ । खगोलविदहरुले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् ।

सूर्यग्रहण काठमाडौंमा विहान ८:४३ मा शुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ :३८ मा शुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा शुरु भई ११:२७ मा सकिनेछ ।

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ ।

काठमाडौंबाट भने खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिनेछ । सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन ।

यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स–रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

सूर्य ग्रहण हेर्नको लागि विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्रअवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन ।

त्यसैगरी सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन ।

सूर्य ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरेर मात्र ग्रहण हेर्नुपर्दछ । यसो गर्दा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।