काठमाडौं – काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ।
त्यस्तै पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.६, पोखरा ७.४ मापन गरिएको छ ।