logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


अंकुरण खबर
793
Shares

भरतपुर महानगरपालिका–१ दियालो रोडमा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पुल्चोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले साइकलमा सवार अन्दाजी २१ वर्षीय युवकलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको छ ।