काठमाडौं – पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निमोनियाको कारण निधन भएको छ ।
श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पा रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।