सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
गएराति श्रीमान् र श्रीमतीबीच घरायसी बादविवादमा कुटपिट भएको हो । श्रीमान् काजीमाको कुटपिटबाट श्रीमती ३६ वर्षीया रमिला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।