logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा टाइफुन आँधीबाट १० जनाको मृत्यु, कैयौं हराए


अंकुरण खबर
897
Shares

फिलिपिन्समा आएको शक्तिशाली टाइफुनका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्समा क्रिसमस डेका दिन टाइफुन आएको हो । मृतकको संख्या थपिन सक्ने जनाइएको छ ।

फानफोन र उर्सुला पनि भनिएको यो टाइफुन प्रतिघण्टा १ सय ९० किमको गतिमा आएको थियो । १० हजार मानिस आँधीबाट प्रभावित भएका छन् ।

सन् २०१३ मा फिलिपिन्समा आएको हाइयान नामको टाइफुनका कारण ६ हजार मानिसको मृत्यु भएको थियो । पछिल्लो टाइफुन मंगलबार रातिबाट सुरु भएको हो ।  तर, यसबाट भएको क्षतिको जानकारी बिहीबार मात्रै सार्वजनिक भएको हो । पछिल्लो टाइफुनमा ३ वर्षीय एक बालक पनि परेको जनाइएको छ । फ्रान्सेली समाचार समिति एएफपीले भने अधिकारीहरुलाई उद्धृत गर्दै १६ जनाको मृत्यु भएको जनाएको छ । थुप्रै मानिस हराइरहेको बताइएको छ । (बीबीसी)