काठमाडौं – महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत र लेखापाल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अन्सन्धान आयोग, टंगालको टोलीले बुधबार लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई तीस हजार घुस रकमसहित कार्यालयबाट पक्राउ गरेको हो ।
विज्ञापन गरी दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस मागेपछि उनीहरुले सो रकम लिएको अख्तियारले बताएको छ
उनीहरुलाई हिरासतमा राखी भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको अख्तियारले जनाएको छ ।