काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ ।
गृहमन्त्रीस्तरीय भ्रमणमा महानिरीक्षक खनालको नाम पनि समावेश भएपनि सरकारले उनको नाम हटाएको हो । गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक खनालसहितको टोली ७ दिने चीन भ्रमणका लागि पुस २१ गते चीन जाँदै छ ।
नेपालमा रहेर आपराधिक गतिविधि गर्दै आएका चिनियाँ नागरिक पक्राउपछि सरकारले प्रहरी महानिरीक्षक खनालको भ्रमण रोक लगाउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
स्रोतको अनुसार उनको ठाउँ सरकारले एक डिआइजीलाई चीन भ्रमणमा पठाउने तयारी गरेको छ ।