उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट प्रकरण कानुनसम्मत भएको दावी गरेका छन् ।
राष्ट्रियसभाका सदस्यहरुले यो प्रकरणमा उठाएको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले कानुनमै अवधि वाँकी हुदै म्याद थप गर्न सकिने प्रावधान भएका कारण यसअघि लिजमा दिइएको कम्पनीको अनुरोधका आधारमा नै पुनः म्याद थप गरिएको बताएका हुन् ।
नेपाल ट्रस्टको गोकर्णको झण्डै २८ सय रोपनी जग्गा लिज अवधि सकिनुपूर्व नै पुनः अर्को २५ वर्षका लागि सरकारकै संलग्नतामा प्रक्रिया पूरा नगरी ६ वर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरि यती समूहलाई भाडामा दिइएको थियो ।
यो बिषयमा सार्वजनिक लेखा समितिले समेत चासो देखाएर छानविन गरिरहेको छ ।