logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित


अंकुरण खबर
2.301K
Shares

काठमाडौं – कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।

आज बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल लगायतका केही सदस्‍य उपस्थिती भएपनि करिब एक घण्टासम्म कोरम संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।