रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ मा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् ।
आज दिउँसो गोहिरीबाट राडी बजारतर्फ जाँदै गरेको लु ४ त ६३१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट १ सय २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि घाइते भएका सबैलाई उपचारको लागी नगर अस्पताल पठाइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।