logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित सशस्त्रका इन्स्पेक्टर र हवलदार पक्राउ


अंकुरण खबर
1.027K
Shares

बुटवल, घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ परेका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका हुन ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले गैडहवा-३ बाट पक्राउ गरेको हो ।

दुबै जनालाई नियन्त्रणमा लिई भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।