logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधीसभा बैठक आज


अंकुरण खबर
3.874K
Shares

काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचनको कार्यतालिका निर्धारण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखमा सहमति जुटिनसकेकाले आजको बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्ने सम्भावना न्युन देखिएको छ।

नेकपाभित्र सहमति जुटेको जानकारी प्राप्त नभए आजको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ।  नेकपामा सभामुख पदका लागि पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य अग्नी सापकोटाको चर्चा छ।

सभामुखको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। सभामुखका लागि नाममा सहमति जुटेपछि निर्वाचन कार्यतालिका ल्याउने गरी संसद बैठक स्थगित गर्ने तयारी गरिएको हो।