काठमाडौं – देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
आज शुक्रबार बिहान पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन गएिको छ । आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेलिस्यससम्म पुग्ने अनुमान गरिएको छ ।