काठमाडौं – आज सुनको मूल्य बढेको रहेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन ५ सयले बढेको हो ।
शुक्रबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन तोलामा ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको छ ।