logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ह्वात्तै बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – आज सुनको मूल्य बढेको रहेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन ५ सयले बढेको हो ।

शुक्रबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको छ ।