बेक एयरको फ्लाइट नम्बर जेड ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
१०० जना यात्रु सवार विमानमा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २२ जनालाइ अस्पताल भर्ना गरिएको समाचार अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएको छ । अन्यको उद्धार भइरहेको समेत जनाइएको छ । मृत्यु हुनेमा ६ बालबालिका पनि छन् ।
शुक्रबार बिहानै दुर्घटना भएको विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् । एजेन्सी