काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ ।
आज शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक पुस १६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको हो ।
सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने रहेको थियो ।