भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटबाट ६ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले बालकोट बस्ने ४२ वर्षीय राम रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जीवन श्रेष्ठसहित ६ जनालाई गए राति पक्राउ गरेको हो ।
नगद ५१ हजार ९५ रुपैयाँ ३ बुक ताससहित महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।