logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

छुरा प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ


अंकुरण खबर
2.08K
Shares

छुरा प्रहार गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ झापा बस्ने ३२ वर्षीय शंकर मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नी श्रीमती २८ वर्षीया तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शंकरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण छुरा प्रहारबाट गम्भीर घाइते भएकी तारामईको हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिबगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।