दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगोलागी हुँदा लाखौंको क्षति भएको छ ।
गए रातिको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको हो। राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने बताइएको छ ।