logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उत्यकाको तापक्रम यसवर्षकै कम


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – चिसो बढ्दै छ । केही दिनयता तापक्रम लगातार घट्दो क्रममा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उत्यकाको न्यूनतम तापक्रम शनिबार बिहान ०.६ डिग्री सेल्सियस मापन भएको मौसमविदले जानकारी दिएका छन् । यो अहिलेको जाडो सुरु भएयताकै कम तापक्रम हो । शुक्रबार बिहानको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो ।

काठमाडौं उपत्यकामा दिउँसो अधिकतम तापक्रम १५ देखि १७ डिग्रीसम्म पुग्ने अनुमान छ ।

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आज बिहान केही कुहिरो लागेको छ । यो बिस्तारै हट्दै जाने जनाइएको छ । तर तपाईमा भने दिनभर हुस्सु र कुहिरो रहने सम्भावना छ । मध्य र पूर्वको तराईमा दिउँसो तिर मौसम केही खुले पनि पश्चिम तराईमा भने बेलुकासम्म नै कुहिरो रहने छ ।