चिसो बढेसँगै हृदयघात र मुटुको समस्याले समेत धेरै मानिसलाई पिरोलेको छ । जाडोयाम सुरु भएसँगै बर्सेनि हृदयघातलगायत मुटुसम्बन्धी समस्या देखिनु नौले भने होइन । यद्यपि, यस्तो समस्याबारे कुनै अध्ययन भने गरिएको छैन ।
आजको कान्तिपुुर दैनिक लेख्छ–त्यसकारण पनि बोलिचालिको भाषामा जाडोयामलाई ‘हर्ट अट्याक याम’ को मौसम समेत भन्ने गरिन्छ । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार पाँच दशक नाघेका व्यक्ति, मुटुरोगी तथा मुटुरोगीका परिवारले जाडोयाममा मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति बढी सर्तक हुनुआवश्यक छ ।
जाडोमा सन्तुलित आहार, व्यायाम र मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति बढी सर्तक हुँदा जोखिम कम हुने समाचारमा जनाइएको छ ।
इन्टरनेट नचले पैसा मिनाहा
सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ।
यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ। विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ। जसअनुसार सेवा प्रदायकले २४ सै घन्टा सेवा उपलब्ध गराउनुपर्ने र एक वर्षमा बढीमा ५ प्रतिशतभन्दा बढी समय सेवा अवरुद्ध गराउन पाइने छैन।
सेवा अवरुद्ध भएको अवस्थामा २४ घन्टाभित्र ९० प्रतिशत ग्राहकको गुनासो सुल्झाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै तीन दिनभित्र ९९ प्रतिशत ग्राहकको गुनासो समाधान गर्नुपर्ने विनियमावलीमा उल्लेख छ।
उल्लेखित यो समयभन्दा बढी समय इन्टरनेट अवरुद्ध भए सेवा प्रदायकले शुल्क मिनाहा गर्नुपर्ने व्यवस्था गरिएको हो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।