logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई


अंकुरण खबर
845
Shares

काठमाडौं – पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

२०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए । चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १ विकेट हात पारे ।

पीपीएल उपाधिसंगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल भएका छन् ।

यसअघि उनको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि उचालेका थिए ।