मोरङ ग्रामथान गाँउपालिका–४ मा एक गोठमा लागेको आगलागीमा परेर एक वृद्धको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर घर भई हाल सोही ठाउँमा बस्दै आएका ७५ वर्षीय राम बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय पारस सरदारको बारीमा रहेको गोठमा शुक्रबार बेलुका अचानक आगलागी हुँदा सार्कीको जलेर मृत्यु भएको हो ।
सार्की सरदारको खेतबारी हेरचाह गदै सोही गोठमा बस्दै आएका थिए ।