काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार राजनीतिमा आएको एकरुपता र नेतृत्वको आँटले पार्टी एकता सम्भव भएको बताएका छन् ।
प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथ ग्रहण समारोहलाइ सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । अहिले मिडियाको भूमिका निर्णायक भएको भन्दै उनले मिडियाकर्मीहरु थप सचेत हुनुपर्ने बताए ।
अहिले पनि सूचना प्रविधि बुर्जुवाको हातमा रहेको औंल्याउँदै उनले जनपक्षीय पत्रकारहरुले सूचना प्रबिधि र कला दुबैमा श्रेष्ठता हासिल गर्नुपर्ने बताए ।
बुर्जुवाले कन्टेन्टमा ध्यान नदिने तर कलाको सहायताले जनतालाई भ्रमित गर्ने भएकाले जनपक्षीय पत्रकारले पनि कन्टेन्टका साथै कला र प्रविधिमा ध्यान दिनुपर्ने उनले बताए ।