logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुलमान घिसिङद्वारा आँखा दान गर्ने घोषणा


अंकुरण खबर
598
Shares

काठमाडौं  – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् ।

शनिबार तिलगंगा आँखा अस्पतालमा आयोजित मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए। मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले पुनः देख्न पाउँछन्।

नेपाल आँखा बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्।