logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिप्परको ठक्करबाट पाल्पामा स्कुटर चालकको मृत्यु


अंकुरण खबर
884
Shares

टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ ।

तिनाउँ गाउँपालिका-३ ड्यामसाइड नजिक टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख १७ ६३ नम्बरको टिप्परले त्यसै दिशातर्फ जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल पठाइको तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।