logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा समसामयिक एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

पछिल्लो समय चर्चामा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र संघीय संसदको सभामुख चयनबारे बैठकमा छलफल हुने बताइएको छ। त्यस्तै प्रदेश ३ को राजधानी र नामाकरणलगायतका एजेण्डामा पनि बैठक केन्द्रीत हुने सचिवालय स्रोतले जनाएको छ।