logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

खाना पकाउने ग्यासको माग बढ्यो


अंकुरण खबर
1.027K
Shares

काठमाडौं – देशभर बढेको चिसोसँगै एलपी ग्यासको माग बढेको छ। चिसोमा हिटर ताप्ने, पानी तताउने र कोठा तातो बनाउनेलगायतका गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ। निगमले पनि माग बढेको जनाएको छ। निगमका निर्देशक दीपक बरालले भने,‘चिसो बढेपछि तीन हजार मेट्रिक टन ग्यासको माग बढेको छ, अझै बढ्ने सम्भावना देखेका छौं, चिसोमा ग्यासको प्रयोग बढी हुने भएकाले माग बढेको हो।’

निगमले मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्छ तर गत महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात गरेको छ। माग बढेकाले आपूर्ति बढाइएको निगमले जनाएको छ। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।