काठमाडौं – नेपाल सरकारले भ्रमण वर्ष २०२० मा विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो राख्ने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा सरकारले उक्त कार्यक्रम गर्न लागेएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका हुन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, यूके, यूएसए, युरिल्यान्ड, क्यानडालगायत स्थानका २० अग्ला भवन तथा टावरमा नेपाली झन्डा तथा नेपाल भ्रमण वर्षको लोगो र झण्डा फहराउने कार्यक्रम राखिएको जानकारी दिएका हुन् ।
VNY 2020 र नयाँबर्षका सन्दर्भमा विश्वका अग्ला भवन र टावरहरुमा नयाँबर्षको अधिल्लो साँझ नेपालको राष्ट्रिय झन्डा र VNY को लोगो फहराउन गैर आबासीय नेपाली संघ ( NRNA) का अध्यक्ष कुमार पन्तजीलाई अनुरोध गरेकोमा उनले सहर्स स्वीकार गरेका छन्।