काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन तोलामा ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७३ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी ५ रूपैयाँले घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।