logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाको दमकमा स्कुटर पल्टिँदा चालकको मृत्यु


अंकुरण खबर
702
Shares

दमक नगरपालिका५ यलम्बर चोकमा शनिबार राति स्कुटर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामका अन्दाजी ३६ वर्षीय राज कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३५ प ७७२१ नम्बरको स्कुटर नियन्त्रण गुमाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका लिम्बुलाई अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।